Sugam Pokharel

Lyrics to Dashain Tihar

[Verse 1]
वर्षमा दिनमा लै लै, हर्षका दिन यी लै लै
दसैँ तिहार चाड र बाड, खुसीले सारा भर्यो नि संसार
अहाहहह खुसीले सारा भर्यो नि संसार

[Verse 2]
अर्काको देशमा लै लै, सम्झना आको नि मैलाई
सयपत्री फलेको आँगन, रातो अक्षता जमरा लगाई
यता मेरा आशुको धारा, उता होलान् रातै ती निधार
अहाहहह उता होलान् रातै ती निधार

[Verse 3]
सुपारि माला यो दाइलाई, बाटो भरी आँखा ती फैलाई
बस्दै होली मेरी बहिनी, दाजु आउने दिनहरू गन्दै
यसपालि पक्कै आउँछु म बहिनी, सजाउनलाई आफ्नै त्यो संसार

[Outro]
अहाहहह सजाउनलाई आफ्नै त्यो संसार
अहाहहह खुसीले सारा भर्यो नि संसार
अहाहहह उता होलान् रातै ती निधार