Astha Tamang-Maskey - Harek Saas Sita Lyrics


[Intro]
हरेक सास सित..

[Verse 1]
मध्य रातको सुन्यतामा
मन भित्र नियालेर हेर्दा
गुन्जिंछ्न हजारौ सोच हरु

टोलाउदै अध्यारोमा
गुनगुनाउदै यो गीत
कसरी मनका सबै कुरा खोलु, कसरी निकालु

भागेछु म... आफैबाट टाढा, धेरै टाढा
जीवन को अर्थ खोज्दा खोज्दै
अनन्त गहिराइमा ..

[Chorus]
आकाशको कालो बादल जस्तै
आज बर्सन मन छ मलाई ..
लिएको हरेक सास सित..

[Verse 2]
सोचेको थिईन
जीवनले एस्तो मोड लिन्छ भनेर
मेरो हिजो र भोलिसंग अडकेर
सपनै सपनाको घर बनाएर
बसिरहेको छु म
एउटा ठाउमा
मेरो आजलाई गुमाएर..

बर्सिन देउ मलाई ...

[Chorus]
आकाशको कालो बादल जस्तै
आज बर्सन मन छ मलाई..
लिएको हरेक सास सित..

[Outro]
हरेक सास सित..

Harek Saas Sita lyrics !!!